काठमाडौं। पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको छ। ६ करोड ११ लाखमा निर्माण भएको सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो।
एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ। यसैगरी माथिल्ला संरचना पनी चर्किएका छन्। स्थानीयका अनुसार कम गुणस्तरका सामग्री प्रयोग गरेका कारण क्षति भएको हो।