काठमाडौं। दोलखाको कालिञ्चोक कुरीमा सञ्चालनमा रहेको कालिञ्चोक केबलकार प्रालिले क्षमता विस्तार गर्ने भएको छ। सञ्चालनमा आएको पाँच वर्षे अनुभवले अहिले भएको क्षमतालाई झन्डै दोब्बर बनाउने भएको हो।
हाल भइरहेका संरचनालाई डब्बा बढाएर १६।१६ जना क्षमताको बनाउने कि चेयर लिफ्ट राख्ने भन्नेमा बोर्डमा छलफल भइरहेको बताइएको छ। क्षमता कम भएको कारणले पालो नपाउँदा यात्रु पैदल जान बध्य भएका कारण पनी यहाँ केबलकारको क्षमता बढाउन परेको हो।
वर्षको करिब दुई महिना हिउँ पर्छ, त्यतिखेर यात्रु ओइरिन्छन्। कोरोनाको कारणले अहिले यहाँ आउने यात्रुको सङख्या घटेको छ। प्रत्यक शुक्रबार र शनिबार दैनिक १५ सय हुने यात्रु अहिले दुई सय पनि नभएको जनाइएको छ।