स्याङजा। गत सोमबार राती गएको पहिरोको कारण कालीगण्डकी गाउँपालिका स्थित आँधीदोभानमा राखिएको ८ वटा स्टिमर पुरिएको छ। कोरोना र निरन्तर वर्षाको कारण स्टिमर सेवा बन्द भएको थियो। कालीगण्डकी जलयातायात प्रालिद्धारा सञ्चालनमा रहेको स्टिमर सोमबार राति झरेको पहिरोले पुरिएको हो।
केही दिन अगाडी स्टिमर सञ्चालनमा ल्याउने भनी मर्मत तथा सरसफाई थालिएको थियो। रातिको समयमा एक्कासि माथिबाट पहिरो खसेर लाखौं मुल्यको स्टिमरलाई पुर्ण रुपमा क्षेति पुर्याएको छ। कालीगण्डकी ए जलविधुत उत्पादनमा सञ्चालन गरीने उक्त स्टिमरलाई पहिरोले पुरेको छ।