तराइका जिल्लाहरुमा मात्र केन्द्रित हुँदै आएको सडक निर्माणका कार्यहरुले अब पहाडि जिल्लामा पनि प्राथमिकता पाउदै आयका छन् ।
प्रदेश सरकारको वजेट अन्तर्गत पूर्वाधार विकास कार्यलय, ओखलढुङ्गाले ओखलढुङ्गा जिल्लाको निर्बाचन क्षेत्र नं १ मा रिङ्ग रोड निर्माणको लागी बजेट बिनियोजन गरेको छ । बिगतको आर्थिक वर्षहरुमा पनि बजेट छुट्याउदै बिभिन्न खण्ड खण्डमा निर्माण कार्य अगाडी बढाउदै आयको कार्यालयले यस बर्स करिब १४ करोड लागतमा ओखलढुंगाको ठाडै जनतखानि - नालिडाडा - पातलो - टुक्सिनड़ो - भुससिंग - रउवाडीलु - सडक खण्ड निर्माणका लागि ठेक्का प्रक्रिया अगाडी बढायको छ ।
यस रिङ्ग रोड निर्माण पछी यहाको अन्य पूर्वधार बिकास कृषि उत्पादनको ढुवानिको लागि सहजीकरणमा टेवा पुग्ने बिस्वास लिईयाको छ ।