कैलाली। हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन समेत ठप्प भएको छ। हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवनमा समेत कष्टकर बनेको छ।