काठमाडौं। सङ्खुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य ५४ प्रतिशत सम्पन्न भएको छ। शिलान्यास गरिएको तीन वर्षमा निर्माण कार्य प्रगति ५४ प्रतिशत पुगेको हो।
२०७५ वैशाख २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीचमार्फत काठमाडौँबाट आयोजनाको संयुक्तरूपमा शिलान्यास गरेका थिए। उक्त आयोजना २०८० सालभित्र सम्पन्न भइसक्नु पर्नेछ।
जम्मा ११ दशमलव आठ किलोमिटर सुरुङमध्ये सात दशमव ३० किलोमिटर खनिसकिएको बताइएको छ।
जम्मा २४ लाख ४२ हजार घनमिटर खाल्डो खन्नु पर्नेमा हालसम्म २३ लाख ३० हजार ४६० घनमिटर खाल्डो खनिसकिएको आयोजनाले जनाएको छ।