काठमाडौं। स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले आफ्नो उत्पादन विभिन्न मुलुकमा निर्यात गर्न शुरु गरेको छ। जगदम्बाले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको हो।
जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको कम्पनीले जनाएको छ।
तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा खुसी लागेको बताएका छन्।
यससँगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको समेत उनले बताए।