बिदुर नगरपालिका, बिदुर नुवाकोटमा नगरपालिका प्रशासनिक भवनको निर्माण हुने भएको छ । उक्त कार्यालयमा कार्यरत कर्मचारिहरु कुनै निश्चित ठाँउमा रहेर काम गरिरहेको अबस्थामा भवन निर्माण पश्चात सहज हुनेभएकाले खुसी व्यक्त गरेका छन् ।
उक्त भवनको निर्माण पश्चात कुनै पनि बैठक, सेमिनार जस्ता क्रियाकलापको लागी सुविधा हुने भएको छ । नगरपालिकाको बैठक यस्ता सुविधाले गर्दा स्थानियबासी लगाएत कार्यालयमा कार्यरत कर्मचारीमा पनि सुविधा पुग्नेछ ।
भवनको निर्माण भइसकेपछि यस ठाँउका स्थानिय बासिन्दा हरुलाइ पनि नजिक र सहज हुने भएकोले कुनै पनि कामको लागी टाढाँ जानु नपर्ने र सहजहुने भन्दै खुसी भएका छन् । उक्त भवनको निर्माणकार्य नयाँ टेक जेभि कुपोन्डल १०, ललितपुरले गर्ने भएको हो ।