सर्लाही। इँटा व्यवसायीले पाँच सुत्रीय मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। इँटा उद्योग व्यवसायी संघ मलंगवाले सोमबार विभिन्न पाँच सुत्रीय मागसहितको ज्ञापनपत्र प्रजिअलाई बुझाएको हो।
संघका अध्यक्ष मेथुर चौधरी नेतृत्वको उद्योगी व्यवसायीको टोली मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएका हो।
ज्ञापनपत्रमा बेमौसमी वर्षाका कारण इँटा उद्योगमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, जिल्लामा गैरकानुनी रुपमा संचालनमा रहेका इँटा भट्टाहरु यथाशीघ्र बन्द गराउने वा कानूनी दायरामा ल्याउनु पर्ने, कच्चा इँटाको बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बीचमा सहजीकरण गराउनुपर्ने, कर मिनाहा गर्न सिफारिस गर्नुपर्ने र सहुलियत ब्याजदरमा बैंकमार्फत् ऋणको व्यवस्था गराउन पहल गरिदिनुपर्ने लगायतका मागहरु गरिएको छ।
.jpg)