काठमाडौं। विगत एक महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन रोकिएको छ। सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको ढुंगा धुलो बनाउने मेसिन किल्न बिग्रिएपछि उत्पादन बन्द भएको हो।
गत पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको छ। बिग्रिएको किल्न चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको प्रशासनले जनाएको छ। अबको केही दिनदेखि नै उत्पादन शुरु हुने उद्योग प्रशासनले जनाएको छ।
सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न नसकेको कर्मचारी बताउँछन्।