काठमाडौं। काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाले विभिन्न पदका लागि ६ जना कर्मचारी माग गरेको छ। आयोजनाले बुधबार सूचना जारी गर्दै करारमा ६ जना इञ्जिनियर माग गरेको हो।
आयोजनाले २ जना राजमार्ग डिजाइन इञ्जिनियर, पुल डिजाइन इञ्जिनियर २ जना र सुरुङ डिजाइन इञ्जिनियर २ जना माग गरेको हो।
विज्ञापनमा आवेदन दिन इच्छुकले विज्ञापन खुलाइएको मितिले १५ दिनभित्रमा दरखास्त दिनुपर्नेछ । तलव तथा भत्ता आयोजनाको नियमअनुसार दिइने उल्लेख छ ।