लमजुङ। जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ। मर्स्याङ्दीको वडा नम्बर ३ र ८ जोड्न झोलुङ्गे पुलनिर्माण गरिएको हो।
पुलको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका छन्। उद्घाटनका क्रममा अध्यक्ष गुरुङले सार्वजनिक सडक, पुल सिँचाई खानेपानी, शिक्षा स्वास्थ्य जस्ता सुविधा जनतालाई उपलब्ध गराउने दायित्व सरकारको भएको बताए। दुई वडा जोड्ने पुल निर्माणपछि मर्स्याङ्दी ३ र ८ का स्थानीयलाई आवतजावतमा सहज भएको अध्यक्ष गुरुङले बताए।
५३ लाख ५३ हजार लागतमा निर्मण सम्पन्न भएको उक्त झोलुङ्गे पुल १ सय ५ मिटर लम्बाइ र साँढे १ मिटर चौडा रहेको छ । झोलुङ्गे पुल गाउँपालिकाको सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको हो ।
पुलको निर्माण कार्य २०७७ साल फागुन १४ गतेबाट सुरु भएको र २०७८ पुस २० गते सम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ।