बुटवल। सडक विस्तारका लागि तानसेन–तम्घास सडक खण्ड बन्द हुने भएको छ। शुक्रबारदेखि १५ दिनसम्म रातिको समयमा सो सडक बन्द हुने भएको छ।
पाल्पाको जोर्ते भीर क्षेत्रमा तानसेन–तम्घास सडक विस्तार गर्न चट्टान काट्नपर्ने भएकाले माघ २८ गतेदेखी फागुन १३ गतेसम्म राति ९ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो।