काठमाडौं। बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने भएको छ। बुद्ध एयरले आगामी मार्च १ तारिखदेखि पोखराबाट धनगढी र जनकपुर सिधा उडाड गर्ने भएको हो।
शुरुमा साताको ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ। जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको छ ।
सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि वचत हुने जनाईएको छ । यस्तै, सो दुई गन्तव्यका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज समेत सार्वजनिक गरेको छ ।