पोखरा। फेवाताल–सराङकोट जोड्ने ‘अन्नपूर्ण केबलकार’ सञ्चालनमा आएको छ। फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्ने ‘अन्नपूर्ण केबलकार’ शुक्रबारदेखि सञ्चालनमा आएको हो।
केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २ सय ६५ मिटर लामो छ।
१३ वर्ष अगाडि जापानको कम्पनीले अध्ययन भएर २ अर्बभन्दा बढी लगानीमा निर्माण भए्रको केबलकारको शुक्रबारदेखि परीक्षण सेवा शुरुवात गरिएको हो।
केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको कम्पनीले जनाएको छ। हाल १७ वटा गोण्डला सञ्चालनमा छन् ।
अब फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिन्छ। केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरिएको छ।