काठमाडौं। भारी असिना पानीका कारण पोखरा विमानस्थलबाट हुने उडान प्रभावित भएको छ। आइतबार भएको असिना पानीका कारण विमानस्थल बन्द भएको हो।
विमानस्थल बन्द हुँदा आइतबार काठमाडौं–पोखरा उडान समेत प्रभावित बनेको थियो। मौसमी प्रतिकूलताका कारण बुद्ध एयरको पोखरातर्फ तीनवटा उडान प्रभावित भएको थियो। यतीको कुल ६ उडानमध्ये पाँचवटा मात्र उडान हुन पाएको कम्पनीले जनाएको छ।
भारी असिनापानीका कारण आइतबार दिउँसो २ बजेदेखि नै विमानस्थल बन्द रहेको बताइएको छ।
विमानस्थलका अनुसार आइतबार काठमाडौं-पोखरातर्फ बुद्धको १२, यतीको ६ र गुणको ३ गरी कुल २१ वटा उडानको तालिका छ। त्यसमध्ये आधा दर्जन उडान प्रभावित भएका हुन्।