काठमाडौं। पर्वतको मालढुंगादेखि बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक खण्डको निर्माण कार्य धमाधम अगाडी बढिरहेको छ। राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गतको उक्त सडकमा निर्माणको काम धमाधम गाडी बढेको हो।
निर्माण व्यवसायीका अनुसार मजदुरपरिचालन लगाएतका अन्य कामहरु द्रुत गतिमा अगाडि बढिरहेको छ। प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १ सय ५० मजदुर सडक निर्माणको काममा परिचालन गरिएको छ। हाल ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न सुरु गरिएको छ।
५ किलोमिटर खण्डको स्टक्चरको काम करिब सकिएको छ। सडक चक्ला बनाउने, नाली निर्माण र सडकको दुवैतर्फ रिट्रेनिङ वाल लगाउने काम सकिएको छ। कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको निर्माण व्यवसायीको अहिलेको कामको गतिलाई हेर्दा सम्झौता समयअवधिभित्र सडक स्तरोन्नतिसहित कालोपत्रे योजना सम्पन्न हुने बताइएको छ।
गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ सय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत साउनदेखि सडक निर्माण सुरु गरेको हो। ३० महिनामा सम्पन्न गर्ने गरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको थियो। आगमी २०७९ को चैतसम्म मसान्तसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको हो।