काठ्माडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशनका छन्। उनको निर्देशन पछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका हुन्।
नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम सुरु भएको बताइएको छ। संग्रहालयलाई पूर्णरूपमा सफाइ गरी पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्य लिएको जनाइएको छ।
संग्रहालयभित्र खोलिएका ३१ वटा कक्षको पूर्ण सरसफाइ, मंगल सदन, त्रिभुवन सदन र राजा वीरेन्द्रको निजी घर श्रीसदनको मर्मतलगायतका काम भइरहेको छ। नारायणहिटी दरबारको मुख्य भवनको चिपिङ गरी ढलान गर्ने काम सम्पन्न भएको छ। सबैतिर लाइटिङ जडान शुरू भएको छ। त्रिभुवन सदनसँगै रहेको तत्कालीन राजाका एडीसी भवन निर्माण भइरहेको बताइएको छ।