काठमाडौं। पोखरा अर्मलामा ३ करोडको लागतमा मोटरेलव पुल निर्माण सम्पन्न भएको छ। पोखरा महानगरपालिकाले ३ करोड २ लाख रुपैयाँ खर्चेर पुल निर्माण गरेको हो।
उक्त पुलको आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुलको उद्घाटन गरेका छन्। स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गरेर महानगरले मोटरेवल पुल निर्माण गरेको बताइएको छ।
पुल निर्माण भएकाले अब, महानगरले अगामी सारेको कनेक्टिङ रोडको अवधारलाई सहज बनाएको छ। यही ठाउँ हुँदै सङ्घ सरकारले निर्माण गरिरहेको छोटो मार्ग अन्तरगत निर्माण गरिएको मध्य पहाडी राजमार्ग यहीँबाट लैजान पहल भइरहेको छ।
पोखरा महानगरले ‘विकटलाई निकट’ल्याउने योजनाअनुसार २०७६।०७७ को आर्थिक वर्षबाट कनेक्टिङ रोडको अवधारणा ल्याएर कार्यान्वयन सुरु गरिएको थियो। सोही योजना अनुसार पुल निर्माण गरिएको हो।
तोकिएकै समयमा पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको छ। स्थानीयले वर्षायाममा खोला बढेर आवतजावत बन्द हुँदा बर्षौंदेखि समस्या झेल्दै आएका जनतामा पुल निर्माण भएसँगै खुसीयाली छाएको बताए।