काठमाडौं। नेपालमा वातावरणमैत्री इको ब्रिक्स प्रविधियुक्त इटा बनाइने भएको छ। नेपालमा जे.बी. इको ब्रिक्स नेपालले वातावरणमैत्री इटा बनाउने भएको हो।
यसका लागि दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जे.बी. इको ब्रिक्स नेपालसँग नवीनतम तथा वातावारण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको छ।
कम्पनीले यसअघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेकोमा त्यसलाई निरन्तरता दिदै जे.बी.इको ब्रिक्स नेपालसँग पनि सम्झौता गरेको हो ।
जे.बी. इको ब्रिक्सले अब आफूहरुले उत्पादन गर्ने इटाले नेपालमा देखिएको गुणस्तरीय इटाको अभाव हटाउने इटा उत्पादन प्रक्रियालाई समेत सरल बनाउने जानकारी दिएको छ।
कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्ति समेत अभाव हुँदा नेपालको इटा उत्पादन उद्योगलाई समस्या भइरहेको छ । गुड ब्रिक्स सिस्टमले यसको समाधान दिँदै वातावरणमैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरि गुणस्तरीय इटा उत्पादन गर्दछ ।