काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–धनगढी उडान शुरु गरेको छ। अन्तरप्रादेशिक उडान बिस्तार अन्तर्गत कम्पनीले बुधबारदेखि उडान शुरु गरेको हो।
कम्पनीले साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन पोखरा–धनगढी उडान गर्ने छ। कम्पनीका अनुसार यो उडानका लागि सुरुवाती भाडादर ६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी आउँदो शनिबारबाट कम्पनीले पोखरा–जनकपुर उडान शुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ। पोखरा–जनकपुर आइतबार, बिहीबार र शनिबार उडान हुनेछ।
कम्पनीले हालै थपेको एटिआर–७२ सिरीजको जहाज रिलीज भए लगत्तै दुई सातापछि पोखरा बेस रही विराटनगर र भद्रपुर उडान गर्ने योजना रहेको समेत कम्पनीले जनाएको छ।