बाग्मति प्रदेश अन्तर्गत प्रदेश राजधानि पुर्वाधार विकास विषेश आयोजनाले हेटौँडा दखी काठमाण्डौं सम्मको कुलेखानी सिस्नेरी छैमाले दक्षिणकाली सडक लगभग ८० करोड लगानीमा निर्माण गर्ने भएको छ।
काठमाण्डौं देखी हेटौंडासम्म पुग्ने उक्त सडक साघुरो भएको कारणले गर्दा यात्रा गर्ने यात्रुहरुलाई समस्या हुँदै आएको छ। साघँरो सडक त्यसमा पनि दैनिक रुपमा बढ्दो सवारीसाधनको आवतजावतले गर्दा यात्राका क्रममा रहेका यात्रीहरु समयमा आफ्नो गन्तब्य स्थल सम्म पुग्न नसक्ने हुँदा उनिहरुले सास्ती भोग्नु परेको छ।
काठमाण्डौं बाट दक्षिणकाली हुँदै हेटौँडासम्म पुग्ने उक्त सडकले तराईको भागलाइ समेटेको छ। प्रदेश राजधानी पुर्वाधार विकास विषेश आयोजनाले आर्थिक वर्ष ०७८।७९ मा बजेट विनियोजन गरि उक्त सडक निर्माण गर्ने आयोजनाले जानकारी दिएको छ। सो सडकको निर्माण पछि काठमाण्डौं देखी हेटौडा तराई जोड्ने सडकले आम सर्वसाधारणमा सहज बनाउने आशा राखिएको छ। उक्त सडकको निर्माणपछि बाग्मती प्रदेशको राजधानी हेटौंडा र संघिय सरकारको राजधानी काठमाण्डौंलाई जोेड्ने सडकको दुरी छोटो हुने भएकोले गर्दा आउजाउ गर्ने यात्रुहरु समयमै आफ्नो गन्तब्य स्थलमा पुग्नेछन्।