काठमाडौं। म्याग्दीको बेनी नगरपालीका–१ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल निर्माण भइरहेको छ। तीन सय ९२ मिटर लामो झोलुङ्गे पुल निर्माण भइरहेको हो।
हाल तीन सय ९२ मिटर लामो झोलुङ्गे पुल को दुवैतर्फको फाउण्डेसन निर्माण गर्ने काम भइरहेको छ। यो पुल निर्माणपछि आधा घण्टाको यात्रा पाँच मिनेटमै छोटिनेछ। जसले गर्दा उक्त स्थानका स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ। आधा घण्टाको यात्रा पाँच मिनेटमै छोटिने भएपछि स्थानीय पनी निकै खुसि भएका छन्।