काभ्रे। वर्षाको कारणले अवरुद्ध भएको ग्रामीण सडकलाई चाडपर्वलाई लक्षित गरी नियमित सञ्चालनमा ल्याउन थालिएको छ। चाडपर्वको बेलामा गाउँफर्किने यात्रुहरुलाई गाउँ फर्किन सहज वातावरण निर्माण गर्ने उद्देश्यले रोसी गाउँपालिकाले प्रत्येक वडालाई ३ लाखको दरले ३६ लाख रुपैँया सडक तथा मर्मत तथा संभारको लागि बजेट छुट्याएको छ।
रोसी गाउँपालिकाले उक्त गाउँपालिकामा रहेको १२ वडामा रहेका सबै ग्रामीण सडकहरु मर्मत गरेर सञ्चालनमा ल्याउनको लागि वडामा बजेट पठाइसकेको छ। वर्षा रोकिएको अनि चाडपर्व नजिकिएको हुनाले सडक मर्मत तथा संभार गर्न लागिएको हो।