काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित काउले गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न लागेको छ। नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीको विस्तार गरी तामाङ, मगर र चेपाङहरूको बसोबास रहेको यो गाउँमा विद्युत पहुँच पुर्याउन लागेको हो।
धादिङसँग सीमा जोडिएको दुर्गम गाउँमा पहिलो पटक विद्युत पुर्याउन पूर्व तयारीको काम भइरहेको बताइएको छ। समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा रहेको उक्त गाउँमा विद्युत पहुँच पुर्याउन वितरण लाइन निर्माणको काम भइरेको छ।
उक्त गाउँमा अहिलेसम्म विद्युत पुग्न सकेको थिएन। अब विद्युत पुग्ने भएपछि स्थानीय खुसि भएका छन्। गाउँमा विद्युतीकरण विस्तार हुँदा करिब २ सय घरधुरीले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाउने बताइएको छ। वितरण केन्द्रका अनुसार यो लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ।