काठमाडौं। नयाँ बानेश्वर चोकमा प्रायजसो सडक वारपार गर्ने यात्रुको चाप बढी हुने गर्दछ। त्यसैले उक्त चोकमा आकासे पुलको आवश्यकता रहेको कारणले गर्दा पुल निर्माण थालिएको थियो। हाल उक्त पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। थोरै काम मात्रै बाँकी भएको हुनाले केही दिनमा निर्माण सम्पन्न गरी पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। उक्त पुलको मुख्य काम भइसकेको छ भने पुलको माथिल्लो भागमा बार लगाउने काम मात्रै बाँकी रहेको डिभिजन प्रमुखले जनाएका छन्।
काठमाडौं उपत्यकामा हाल धेरै ठाउँमा आकासे पुल निर्माण भइरहेकोमा अरु ठाउँको आकासे पुलभन्दा यस पुलमा आकर्षक बत्ती जडान गरीने भएको कारण यो पुल अरु भन्दासुन्दर देखिनेछ। दसैँपहिले नै उक्त पुलको निर्माण सकि सञ्चालनमा ल्याउने डिभिजन प्रमुख भनाई रहेको छ। बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा पुल बाट यात्रा गर्न सहज वातावरण सिर्जना हुने भएको कारणले गर्दा उक्त पुलमा बत्ती जडान गर्न लागिएको हो। उक्त संरचनालाई लैंगिक समता र सामाजिक न्याय ९जिइएसआई० मानिएको छ।
रातको अधेरोमा बढी महिला हिंसाको जोखिम हुने भएको कारणले गर्दा पुलमा बत्ती भएमा उक्त हिंसा कम हुने विश्वास राखिएको छ। ३८ मिटर लम्बाई रहेको उक्त पुल निर्माणको लागि २०७६ वैशाखमा समयमा नै काम सक्ने सर्तमा पुल निर्माणको लागि ठेक्का सम्झौता गरिएको थियो। तर कोभिडको कारण गत वर्षहरुमा पुल निर्माणको काम हुन सकेन त्यसैले गर्दा पुल निर्माण कार्य तोकिएको अवधि भन्दा ढिला भएको हो।
पुलको डिजाइनको काममा नै ढिलाई भएको र काम सुरु गरेपछि त्यहाँ काम गर्ने जनशक्तिलाई पनि कोभिड संक्रमण भएको र कोभिडको कारण पुल निर्माण गर्दा चाहिने सामान ढुवानी हुन नसकेको कारणले गर्दा पुल निर्माणमा ढिलाई भएको हो। यस्ता बाँधा तथा अवरोधहरुको बाबजुद पनि हाल पुल निर्माण कार्य सम्पन्न हुन लागेको छ।
एक दशक अगाडी देखि नै नयाँ बानेश्वरमा पुल निर्माण आवश्यकता रहेको कुरामा आवाज उठेको भएता पनि निर्माण हुन सकेको थिएन। संसद् भवन ९वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन। तर अहिले पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पुल निर्माण पश्चात बानेश्वर क्षेत्रको सौन्दर्य अझ बढुने भएको छ। सडक विभागले जडीबुटीसँगै उकत चोकमा पनि ‘फ्लाई ओभर’आवश्यकता भएको बताएको छ।