काठमाडौं। हुवासिन सिमेन्टले नेपाल गुणस्तर चिन्ह लिनको लागि निवेदन दिएको छ। कम्पनीले परीक्षण उत्पादन शुरु गरि गुणस्तर परीक्षण गर्न निवेदन दिएको हो।
नेपाल नापतौल तथा गुणस्तर विभागमा एनएस चिन्नको लागि कम्पनीले निवेदन दिएको विभागले जनाएको छ। विभागका अनुसार विभिन्न चरणमा परीक्षणछि कम्पनीले अनुमति पाउनेछ।
तर रेडियो एक्टिभ मेटेरियल युज रेगुलेसन आयात गर्न नसक्दा हुवासिन सिमेन्टको गुणस्तर परीक्षणमा समस्या देखिएको छ। कम्पनीले रेडियो एक्टिभ मेटेरियल आयात गर्न नसकेपछि लगानी बोर्डलाई जानकारी दिएको छ। बोर्डले आवश्यक सहजिकरणका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरिसकेको छ।
यो उद्योगले धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा उद्योग निर्माणको काम सकेको छ। यस्तै केहि महिनाअघि मात्रै सिमेन्ट परीक्षण उत्पादन शुरु गरिसकेको छ। यो उद्योगका लागि आवश्यक पर्ने विद्युत विद्युत प्राधिकरणले दिइसकेको छ। कम्पनी आफैले सबस्टेसन र प्रशारणलाइन निर्माण गरी विद्युत पुर्याइसकेको छ।