सर्लाही। पुर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाही क्षेत्रको सडक मर्मत सम्भारमा ढिलाई हुँदा पुर्ण रुपमा जोखीम बढेको छ। उक्त राजमार्गको विभिन्न स्थानमा ठुला खाल्डा परेका छन्। जिल्लाको चापीनी र लखन्देही खोलामा रहेको पुल समेत नाजुक अवस्थामा रहेको छ। राजमार्ग र पुलमा भएका खाल्डाखुल्डी र विभिन्न समस्याले गर्दा सवारी दुर्घटना बढेका छन्।
उक्त जिल्लाको पुर्वी सिमाना बाँके खोला देखी पश्चिम बाग्मती खोलासम्मको राजमार्ग पुर्ण रुपमा बिग्रिएको छ। चौबिसै घण्टा व्यस्त हुने राजमार्ग बिग्रीदा साना खालका सवारीसाधन सबै भन्दा बढी प्रभावीत भएका छन्। खाल्डो लाई छलेर यात्रा गर्ने क्रममा सवारी साधन एकआर्कासँग ठोकिने भएकाले अझ दुर्घटनाको समस्या बढेको छ।
चाडपर्व नजीकए सँगै मानिस र सवारीसाधनको चाप बढ्दै गएको भएतापनि सडकको अवस्था पहिलाकै जस्तो रहेको सर्लाहीका ट्राफीक प्रहरीले बताउनुभयो। जसले गर्दा दुर्घटनाको जोखीम अझै धेरै बढ्दै गएको उहाँले बताउनु भयो।
उहाँका अनुसार सडक खाल्डो परेका केही स्थानमा माटो, गिट्टी र बालुवा हालेर पुर्ने काम भएको छ, तर यसरी पुरिएका स्थानहरुमा सवारीसाधन चल्दा पुरेको केही समयमै सडक उस्तै हुन्छ। सडकमा सवारीसाधनको चाप जती बढ्यो दुर्घटनाको जोखीम पनि त्यतीनै बढ्ने उहाँले बताउनुभयो।
सडक डिभीजन कार्यालयका प्रमुखका अनुसार ठेकदार मार्फत रौतहटबाट काम सुरु भइसकेको छ, अब केही दिन भित्रमानै सर्लाही खण्डको पनि काम सुरु गर्नेछौं। दशैँ अगाडीनै सडकका खाल्डाखुल्डी पुरीसक्नेछौँ।