पोखरा। बेमौसममा पनि अस्फाल्ट पोखराको सडकमा भ्वाङ परेको छ। पोखरा महानगरपालिका कार्यालय अगाडिको अस्फाल्ट सडकमा बुधबार दिउँसो भ्वाङ परेको हो।
बेमौसममा पोखराको सडकमा परेको भ्वाङ हाल खनेर अनुसन्धान भई रहेको महानगरले जनाएको छ। प्रायः भलपानी र वर्षादको मौसममा पोखराका विभिन्न ठाउँमा सिंक होल्ड (भ्वाङ) पर्ने भए पनि हाल पोखरामा बेमौसममा परेको भ्वाङले थप चुनौती भएको बताइएको छ।
पोखराको सडकभित्र ढल पानी पसि माटो बगाएर खोक्रो भएको कारण बेमौसममा पनि सडक भाषिएको हुन सक्ने बताइएको छ। पोखराको नदीपुरदेखि महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, छोरपाटन लगायतको क्षेत्रमा सिंक होल(भ्वाङ) पर्ने समस्याभएको बताइएको छ। पोखरा महानगरलेको जेसिभी लगायर भ्वाङ खनिएको छ।