काठमाडौं। उधोगमा गरिएको लोेडसेडिङ तत्काल हटाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्। व्यवसायीहरुले मंगलबारदेखी बिजुली कटौती भएको गुनासो गरेपछि शर्माले घिसिङलाई फोन गरी आपूर्ति सूचारु गर्न निर्देशन दिएका हुन्।
अहिलेको जे समस्या हो, त्यसलाई छिटो समाधान गरी उद्योगहरुमा मागअनुसार नियमित रुपमा बिजुली उपलब्ध गराउन निर्देशन दिएका छन्।
बुधबार दिउँसो अर्थ मन्त्रालयमा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरु मन्त्री शर्मालाई भेट गर्न आएका थिए। सोही बेला उद्योगी व्यवसायीले मंगलबारदेखी उद्योगमा बिजुली कटौती भएको गुनासो राखेपछि उनले घिसिङलाई निर्देशन दिएका हुन्। उक्त भेटमा वीरगञ्जका उद्योगी व्यवसायीले आफुले भोगिरहेको समस्या सुनाउँदै आगामी बजेट निर्माणमा सघाउ पुग्ने महत्वपूर्ण सुझावहरु दिएका थिए।
उनिहरुले मंगलबारदेखी उद्योगमा लोडसेडिङ भएकाले समस्यामा परेको बताए। साथै, बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने वातावरण मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सीमाअनुसार बैंकले कर्जा बितरण गर्नुपर्नेलगायतका सुझाव समेत दिएका थिए।