हुम्ला। गत असार ३१ गते नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको १२२ दशमलव चार किलो मिटर सडक मर्मत कार्य शुरु गरेको छ। नियमअनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिनापछिसम्म भत्केको सडकको मर्मत सेना आफैले गर्नुपर्ने भएकाकारण हाल उक्त खण्डको सडक मर्मत कार्य भइरहेको छ।
नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुखले उक्त सडक खण्ड वर्षातको कारण गएको पहिरोले अबरुद्ध भएको हुनाले उक्त भागको मर्मत कार्य सेनाले गर्दैआएको बताएका छन्। सो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जनभन्दा बढी स्थानमा सडक भत्केको हुनाले मर्मत कार्य भइरहेको सेनाले जनाएको छ। वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडकहरु मध्ये सबै भन्दा बढी हुम्ला खण्डमा क्षेती पुर्याएको छ। सडक अवरुद्ध भएसँगै केही समयको लागि यातायात सेवा पनि बन्द भएको थियो।
वर्षाको कारण झरेको पहिरो धेरै स्थानमा पन्छाइ सकेर बाँकी रहेको क्षेत्रमा मर्मतको काम सुरु गरेको छ। आगामी कात्तिक महिनासम्म सडक अबरुद्ध वा भत्केमा सेनाले नै त्यसको मर्मतको जिम्मा लिनुपर्ने सहमति भएको हुनाले सडक मर्मतको लागि भनेर सडक हस्तान्तरण पछि पनि नेपाली सेनाले क्याम्प छोडेको छैन्। त्यसैगरि सडकको विभिन्न ठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरिरहेको छ।