दमौली । ८१ किलोमिटर सडकलाइ चार लेनको बनाउनका लागि ठेकदार कम्पनिसँग सम्झौता भएको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडकखण्डको काम अघि बढाइएको छ, उक्त काम एसिएन विकास बैंकको सहयोगमा बन्न लागेको हो ।
उक्त सडक निर्माणको परिवेक्षण गर्न परापर्शदाता छनौँट गरिएको छ । सुइजरल्याडको रेनार्डट एस.ए कम्पनिको सहकार्यमा नेपालको सोइल टेस्ट प्रा.लि तथा सिम्याट कन्सलट्रयान्ट प्रा. लिले सो सडक निर्माणको परिवेक्षण गर्ने भएका छन् ।