काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वंशमात्र होइन, निर्माण पनि गर्न सक्ने बताएका छन्। रोल्पा नगरपालिकामा बनेको भ्युटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ। यो भ्यूटावरसहितले देखाएको छ। सहिदलाई स्मरण गरेर काम गर्नुहोस । रोल्पा माओवादी युद्ध संग्रहालय बन्न सक्छ।’
रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ।