जुम्ला। विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ। कोरोनाकहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियाताले पूर्वाधार विकासमा उल्लेखनीय रूपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो।
भौतिक प्रगतितर्फ गत आवमा मात्रै जिल्लादेखि विभिन्न गाउँ जोड्ने पूर्वाधार कार्यालयले ७६ किमि नयाँ ट्रयाक सडक निर्माण गरेको छ। जिल्लाका सबै विकास कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको छ।
अनुसार गत आवमा सडक स्तरवृद्धि तथा चौडा ३७ किमि, ड्रेन निर्माण १९ किमि, ग्राभेल नौ किमि भएको छ। त्यस्तै, त्रिवेणीमा कर्णाली प्रदेशकै पहिलो उच्च प्रविधिको पक्की पुल, चिउडी र मसानडाडामा झोलुंगे पुल तथा २५० जनता आवासका घर निर्माण भएको पूर्वाधार कार्यालय जुम्लाले जानकारी दिएको छ।
पूर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तथा सूचना अधिकारी टेकबहादुर हितानका अनुसार नयाँ ट्रयाक सडक निर्माणअन्तर्गत तातोपानी, तिला, ,सिंजा, कनकासुन्दीका विभिन्न स्थानमा गरी जम्मा ७६ किमि नयाँ सडक निर्माण भएको छ ।
सडक विकासले दुरदराजका बस्ती तथा जिल्ला सदरमुकामसँंग जोडिएका छन् भने रारा जाने छोटो पर्यटकीयमार्ग जुम्ला–उर्थु–पटमारा सडक निर्माणले पर्यटकलाई राहत पु¥याएको छ। जसले गर्दा यस क्षेत्रको प्रचारप्रसारका साथै आर्थिक क्षेत्रमा पनि महत्वपुर्ण योगदान पुगेको छ।