काठमाडौं। मौसममा आएको खराबीका कारण आज पनि केही स्थानमा आन्तरिक उडान प्रभावित भएका छन्। मौसम धुम्मिएका कारण आज बिहानैदेखि कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको हो।
भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण आज काठमाडौं उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा भएको छ। मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छन्। मौसम सामान्य अवस्थामा नआएसम्म आन्तरिक उडान केही प्रभावित बन्ने बताइएको छ।
आज बिहानैदेखि पोखरा तुम्लिङटार विमानस्थलबाट कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।