लमजुङ। मनाङ जोड्ने बेसीसहर–चामे सडकखण्डको तिमाङ छहरामा काठेपुल हटाएर कल्भर्ट निर्माण गरिएको छ। सो सडकखण्डमा रहेको काठेपुल जीर्ण भएकाले पुल हटाएर कल्भर्ट निर्माण गरिएको हो।
कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो। सो सडक हिजोदखि सञ्चालनमा आएको छ।
सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ।
तल्लो तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजारमा निर्माण गरिएको हो। दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो।