काठमाडौं। सिमेन्टको मूल्यवृद्धि भएको १५ दिन नपुग्दै पुन मूल्य बढेको छ। फागुन अन्तिम साता बढेको सिमेन्टको मूल्य फेरि बढेको हो।
यसअघि प्रतिबोरा ५० देखि ७० रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो। अहिले फेरि प्रतिबोरा ३५ देखि ४० रुपैयाँसम्म मूल्य बढेको छ।
निर्माण सामग्री व्यापार संघ काठमाडौंका अनुसार केही उद्योगीले प्रतिबोरा ४० रुपैयाँसम्म मूल्य बढाइसकेका छन् भने केहीले मूल्य बढाउने तयारी गरेका छन्।
उद्योगिहरुले आफूखुशी १५ दिनको अवधिमा २ पटकसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा परेका छन्।
यसअघि करिब १ महिनाको अवधिमा छड उद्योगीले अन्तर्राष्ट्रिय बजारमा छडको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाएका थिए । छड उद्योगीले आफूखुशी मूल्य बढाएपछि त्यसको सिकोमा सिमेन्ट उद्योगी लागेको बताइएको छ।
कम्पनी अनुसार ७०० रुपैयाँदेखि ८०० रुपैयाँ रहेको ओपीसी सिमेन्ट हाल ८५० रुपैयाँ पुगेको छ। त्यसैग ६८० रुपैयाँदेखि ७०० रुपैयाँ रहेको पीपीसी सिमेन्टको मूल्य हाल ७५० रुपैयाँ पुगेको छ । ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा १०० फरक परेको देखिन्छ।
यस्तै, हाल बजारमा छडको मूल्य प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म पुगेको छ ।