काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले विभिन्न पदमा १५ जनाको नाम बढुवाका लागि सिफारिस गरेको छ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिग्रेशन उपसमूह, रा.प. तृतीय श्रेणी, इन्जिनियर पदमा बढुवाका लागि उनीहरूलाई सिफारिस गरेको हो।
ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।
.png)