काठमाडौं। नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ए३२० ९एन–एकेडब्यू जहाजले थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि उड्नै लाग्दा प्राविधिक कारणले टेक अफ रद्द गरेको छ।
धावनमार्गमा गुडिसकेको निगमको जहाजमा प्राविधिक समस्या हुनसक्ने देखिएपछि चालक दलले नउडाउने निर्णय गर्दै विमान अकस्ताम रोकेका थिए।
एक्कासी ‘टेकअफ’ रद्द गर्दा जहाजको पछाडिका दुईवटा पांग्रा पन्चर भएका छन् । जहाज चेकजाँच पछि शनिबार फर्किने स्रोतले जनाएको छ ।
थाइल्याण्डको ‘पाइलट नोट बुक’नामक फेसबुक पेजले सो जहाज अहिले पार्किङ क्षेत्रमा फर्काइएको र यात्रुलाई सुरक्षित रुपमा झारिएको तस्वीरसहित पोष्ट गरेको छ ।
टेकअफ रद्द गर्नुको कारण भने नखुलाइएकाे छैन । जहाजमा कति यात्रु थिए भन्ने पनि खुलेको छैन । नेपाल एयरलाइन्सले पनि यसबारे औपचारिक जानकारी गराएको छैन ।