काठमाडौं। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले देशभर पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरेको जनाएको हो।
नेपाल आयल निगमले आफूहरुको माग सम्बोधन नगरेको भन्दैडिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। शुक्रबार भारतीय र नेपालका डिपोहरुबाट इन्धन ढुवानी भएको भएनन्। एक महिनादेखि माग सम्बोधन गर्न व्यवसायीहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए। तर निगमबाट हालसम्म कुनै पनि जानकारी आएको छैन। यसले गर्दा शुक्रबारबाट फेरि पेट्रोलियम पर्दाथको ढुवानी बिक्री सबै बन्द गर्न थालिएको छ।
अब चैत २० गतेबाट पेट्रोलियम पदार्थ सबैको बिक्री वितरण बन्द गर्ने महासंघले चेतावनी दिएको छ।