बाग्लुङ। जनश्रमदानसहित करिब २१ लाख रुपैयाँ बजेट विनियोजन गरी बाग्लुङ नगरपालिका १० मा गत असारमा गएको पहिरोले साढे तीन महिनासम्म अवरुद्ध रहेको सडक निर्माण कार्य सुरु गरेको छ। ३ महिनासम्म पनि सडक निर्माण नभएपछि स्थानियले नगरपालिकालाई चर्को दवाव दिएका थिए। त्यसैले गर्दा हाल नगरपालिकाले अस्थायी रुपमा नै भएपनि सडक सञ्चालनमा ल्याउनको लागि निर्माण कार्य थालेको हो।
चाडपर्ब नजिकिदै गरेको कारणले गर्दा पहिरो गएको स्थानमा दशैं अगाडि नै सवारी साधन आवतजावत हुने गरी काम गरिरहेको बाग्लुङ नगरपालिकाले जनाएको छ। हाल दक्षिणी भेगसँगको यातायात सम्पर्क स्थापित गर्न नगरपालिका लागि परेको छ। लामो समयदेखि सडक मर्मत नभएपछि बाग्लुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाकानागरिकले सास्ती भोग्दै आएका छन्।
नालिको उचित व्यवस्थापन नहुँदा पहिरो गएको सडकको कालोपत्रे पनि सबै उप्किएको छ। हाल सानोतिनो पहिरोले पनि सडक अवरुद्ध भई सास्ती झेल्नु पर्ने गुनासो स्थानीयको रहेको छ। नालीको व्यवस्थापन नै नगरी मनपरी तरीकाले पहिरो खन्दा पानी पर्ने साथ पहिरो झर्ने हुँदा सडकसँगैको बस्तीहरु पनि उच्च जोखिममा पर्ने अवस्था सिजैना भएको छ।