म्याग्दी। बेनी–जोमसोम सडकखण्डको काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। गत सोमबार रातिको अविरल वर्षाको कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। त्यस्तै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर बेनी–जोमसोम सडकखण्डको धेरै ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ।
पहिरोको कारण सडक अवरुद्ध भएपछि मुक्ति जाने तथा त्यहाँबाट फर्कने यात्रुहरु विचबाटोमा नै अलपत्र अवस्थामा रहेका छन्।अवरुद्ध सडकको मर्मत संभार भैरहेको भएता पनि कहिले देखि सडक सञ्चालन हुन्छ भन्ने टुङ्गो लाग्न सकेको छैन। सामान्य वर्षाको बेलामा पनि माटो र लेदो सहितको पहिरो खस्दा दुर्घटनाको पनि उच्च जोखिम रहेको स्थानीयको भनाइ रहेको छ।