काठमाडौं। नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको सम्झौता रद्द गरिएको छ। धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरिएको हो।
पशुपति विकास कोष र होटेल आनन्द प्रालिबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका शर्त होटेल आनन्द प्रालिले पालना नगरेको भन्दै कोषले सम्झौता रद्द गरेको हो। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ।
कोष र प्रालिबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा बतास समूहले बुझ्न नमानेको कोषले जनाएको छ।
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ।