फाइल तस्बिर
नेपालगञ्ज। नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ। सोमबार राति काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरणका क्रममा खरायो ठोक्किएको हो।
जहाज अवतरण हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ । जहाजमा खरायो ठोक्किएपछि केहीबेर विमानस्थलमा उडान अवतरण रोकिएको थियो।
नेपालगञ्ज विमानस्थल नजिकै झाडी रहेकाले यस विमानस्थलमा यसअघि पनि पटक–पटक जहाजमा विभिन्न जंगली जनावर ठोक्किने गरेको थियो। पछिल्लो समय जहाजमा बँदेल ठोक्किएपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ समेत गरेको थियो ।