काठमाडौं। काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भएको छ।
सुख्खा बन्दरगाहको आज दिउँसो २ बजे प्रधानमन्त्री देउवाबाट उद्घाटन हुने भएको हो।
वीरगञ्जबाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको नेपाल इन्टरमोडल यातायत विकास समितिले जनाएको छ।
काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिने छ । जसका कारण आयात तथा निर्यात लागत समेत कम पर्ने व्यवसायीहरु बताउँछन् ।
यसअघि सरकारले बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक पारीबहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रबन्ध बन्दरगाहमा भइसकेको छ ।