काठमाडौं। जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ। रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको हो।
मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए।
सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ। प्रत्येक दिनमा चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए। जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दै आई रहेको छ। त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ।
रारा विमानस्थलमा नेपाल वायुसेवाले हप्तामा आईतबार , मंगलबार , शुक्रबार र शनिबारमा मात्र उडान भर्दै आई रहेको बताइएको छ। रारा विमानस्थलमा उडान कम भए पछि सहजै रुपमा टिकट पाउन मुस्किल छ। जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको बताइएको छ।