काठमाडौं। जोमसोम—चीन—भारत जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको मार्फा (राज) खोलामा निर्माणधिन पक्की मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। पुल निर्माणमा ढिलाइ हुँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सवारी साधनले सास्ती भोग्न बाध्य भएका छन्।
कालिगण्डकी करिडोर अन्तर्गत एउँटै ठेक्कामा परेको मार्फा र नरसिंह खोलामा निर्माणधिन पक्की पुलको सुरुआती सम्झौता अवधि सकिएर पहिलो पटक थपिएको समयसीमा सकिदासम्म पुल सम्पन्न हुँन ढिलाई हुँदा पर्यटक तथा सवारी साधनले सास्ती खेप्न बाध्य परेको हो।
कालिगण्डकी करिडोरले २०७५ सालमा पुलको ठेक्का सम्झौता हुन अगावै मुस्ताङको मार्फा खोलामा करिडोरले ५ मिटरको अस्थायी पुलको सरचना निर्माण गरेको थियो। करिडोरले मार्फा खोलामा दुबैतर्फ ग्याबिन वाल लगाएर फलामे आईभिम राखेर अस्थायी पुल निर्माण गरेको थियो। तर उक्त अस्थायी पुल गतवर्षको मार्फा खोलाको बाढीले बगाएपछि त्यहाँ पुलको समस्या परेको थियो।
मार्फा खोलामा चैत्र १५ र १६ गते बाढी आउँदा मुस्ताङ आउजाउ गर्ने हजारौं पर्यटक तथा स्थानीयलाई निकै समस्या परेको थियो। कालिगण्डकी करिडोरले पुनः त्यसस्थानमा ५ मिटरको अस्थायी पुल निर्माण गर्ने तयारी गरेको जनाएको छ।