काठमाडौं। कोरोना महामारीको कारणले साथै अझैसम्म पनि वर्षातको पानी पर्न नछोड्दा निर्माणको काममा असर पर्न गई सिमेन्ट उधोगलाई समस्या परेको छ। त्यसैले गर्दा सिमेन्ट माग धेरै नभएकोले सिमेन्ट कम्पनीहरुले यसको भाउ घटाएर बेचिरहेका छन्। प्रतिस्पर्धी बजारमा आफ्नो अस्तित्व कायम राख्नकै लागि भएपनि मुल्य घटाएर आयात फैलाउनु पर्ने बाँध्यता रहेको कुरा सिमेन्ट उधोगिहरुले बताएका छन्। मुल्य घटाउने सिमेन्ट उधोगीहरु मध्ये अर्घाखाँची सिमेन्ट उधोग एक हो।
हाल अर्घाखाँची ओपिसी सिमेन्ट बोराको सात सय ७० देखि सात सय ९० रूपैयाँ सम्ममा कारोबार भैरहेको छ। कम्पनीले ओपीसी सिमेन्ट गत वर्ष भन्दा प्रतिबोरा १०० रुपैँया घटाएर कारोबार गरिरहेको जनाएको छ। २०७२ को भूकम्पपछि अलिकति बढे पनि अहिले त्यसभन्दा अगाडिकै भाउमा पुगेको सिमेन्ट खरिद बिक्रि भैरहेको उधोगीहरुले जनाएका छन्। हाल मागभन्दा पूर्ति बढी भएपछि मूल्य घट्नुपर्ने अर्थशास्त्रको नियम को आधारमा सिमेन्ट उधोगीहरले सिमेन्ट बिक्रि गरिरहेका छन्।
हालसम्म पुरानै दरमा सिमेन्ट बिक्री भइरहेको भएपनि दसैंपछि भने अर्घाखाँची सिमेन्टको भाउ केही मात्रामा बढ्ने कुरा अर्घाखाँची सिमेन्टका उधागीले जानकारी दिएका छन्पहिले प्रतिबोरा ७ सय ४७ रूपैयाँ ९३ पैसामा बिक्री भइरहेको सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्टले पनि मुल्य घटाएर अहिले प्रतिबोरा ७ सय एक रूपैयाँ ७३ पैसामा बिक्रि गरिरहेको छ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष समग्रमा सिमेन्टको बजार १५ प्रतिशत घटेको संघले जनाएको छ। मूल्यमा पनि ५ प्रतिशतसम्म गिरावट आएको छ। मेसिन क्षमता कायम राख्न, कर्मचारी सञ्चालनका लागि कारखाना चालू राख्नु पर्ने हुँदा उत्पादन गरिराख्नु पर्ने र सिमेन्ट उत्पादनपछि कारखानामा लामो समयसम्म राख्न नमिल्ने भएको कारणले गर्दा पनि मूल्य घटाएर भए पनि सस्तोमा बेच्नु पर्ने बाध्यता कम्पनीहरूलाई छ।