काठमाडौं। बाँकेको नेपालगञ्ज रंगशाला स्तरोन्नतीका बजेटको स्रोत सुनिश्चित भएको छ। रंगशालाका लागि अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो।
चालु आर्थिक वर्ष भित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी युवा तथा खेलकुद मन्त्रालयको पहलमा अर्थ मन्त्रालयले बजेटको स्रोत सुनिश्चित गरेको हो। बजेट स्रोत सुनिश्चित भएसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माण हुने भएको हो।
आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको यस रंगशाला समय अभावको कारण देखाउँदै अलपत्र छोडिएको थियो। हाल रनिङ ट्रयाक निर्माण, फ्लड लाइट जडान लगायतका महत्वपूण काम बाँकि रहेको रंगशालाको स्तरोन्नतीको प्रक्रिया शुरु गरिएको छ।