काठमाडौं। बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ। बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई अन्नपूर्ण केबलकार चढ्दा छुटको व्यवस्था गरिएको हो।
बुद्ध एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्ने प्रत्येक यात्रुलाई १२ प्रतिशत छुटको व्यवस्था गरिएको छ। बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ ।
बुद्ध एयर काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दैै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ ।
नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन् ।